अर्जुनको नेतृत्वमा गण्डकीको यू-१९ क्रीकेट टोली घोषणा

पाेखरा | कात्तिक ६, २०८१

अर्जुनको नेतृत्वमा गण्डकीको यू-१९ क्रीकेट टोली घोषणा

पोखरा:   नेपाल क्रीकेट संघको आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय  क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ ।

 

यही कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यीय खेलाडीहरुको नाम घोषणा गरेको हो ।

 

उनी अहिले १९ राष्ट्रिय टोलीका सदस्य समेत हुन् । साथै उनले नेपालको प्रतिनिधित्व समेत गरिसकेका छन् ।
 

टाेलीको छनाैटका लागि गत असोज ७ गते देखि १३ गतेसम्म पोखरा क्रिकेट रंगशालामा संचालन भएको “वाई-वाई यु-१९ गण्डकी प्रदेश स्तरिय पुरुष एक दिवसिय क्रिकेट प्रर्तियोगिता २०८१” मा प्रतिकुल मौसमका कारण पुर्ण हुन नसकेपछि उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी  जिल्लाहरुका प्रशिक्षकहरुको राय समेत लिई पहिलो चरण मा ३७  खेलाडीहरु लाई बन्द प्रशिक्षणका लागि छनौट गरिएको थियो ।

 

२०८१ असोज २० गते देखि २४ सम्म पोखरामा संचालित  बन्द  प्रशिक्षणको दोश्रो चरणमा २४ खेलाडीहरु सहभागी थिए।   
गण्डकीको टिममा करण पंगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् ।

 

त्यसैगरी वैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् ।गण्डकीले आफ्नो खेल कार्तिक ११ गते मधेश प्रदेशसँग खेली प्रतियोगिताको सुरुवात गर्ने छ । 

 

रिजन प्रजुको प्रशिक्षणमा रहेको गण्डकीको यू–१९ टिम सन्तुलित टिम र दाबेदार रहेको छ । टोलीको व्यवस्थापकमा स्याङ्जाका अभिषेक ढकाल रहेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्